
४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त अरब इमिरेट्स र साउदी अरब भ्रमणमा जाने भएका छन् ।
पार्टी आवद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटन, प्रवासी नेपाली समुदायसंगको अन्तर्क्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार उनी साउदी अरब जाने प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।
साउदी अरबको जेद्दा, दमाम र रियाद शहरमा कार्यक्रम राखिएको छ । साउदीको कार्यक्रम सकिएपछि उनी २६ सेप्टेम्बर अर्थात ९ भदौमा युएईको दुबईमा जानेछन् ।
सोमबार बसेको पदाधिकारी बैठकले लिङ्देन एक साता विदेश भ्रमणमा रहने भएपछि उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
बैठकले भूगोल केन्द्रित जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समीक्षा गरेको छ । भूगोल केन्द्रित कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया 4