+
+

लोकप्रिय काम गर्दा सरकारमाथि घेराबन्दी गरियो : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १९:०३

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सबैखाले घेराबन्दी तोडेर सरकारले लोकप्रिय काम नरोक्ने बताए ।

पार्टी सम्बद्ध पेशागत जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले लोकप्रिय काम गरेकैले सरकारविरुद्ध घेराबन्दी गरिएको बताए । ‘राम्रो काम गर्दा हाम्रो अध्यषले नेतृत्व गर्नु भएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको छ’, पुनले भने ।

प्रतिपक्षी दल मात्रै नभएर कतिपय अवस्थामा सत्तारुढ दलबाटै घेराबन्दी गर्ने काम भइरहेको उनले बताए । ‘राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्रीबाटै घेराबन्दी र अप्ठ्यारोमा पार्ने प्रयास भइरहेको छ’, पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?