+
+

योगी आदित्यनाथको खुट्टा छोएपछि विवादमा तानिएका रजनीकान्तले दिए जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते ११:२८

काठमाडौं । हालै रिलिज भएको फिल्म ‘जेलर’बाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता रजनीकान्त केही दिनअघि लखनऊ पुगे । त्यहाँ उनले मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटे र उनको खुट्टा छोए ।

केहीबेरमा यसको चर्चा सामाजिक सञ्जालमा आगो जस्तै फैलियो । फ्यानले प्रश्न सोधे- ७२ वर्षीय रजनीकान्तले ५१ वर्षीय योगी आदित्यनाथको खुट्टा किन छुनुभयो ?

दुवैबीच उमेरको ठूलो अन्तर छ । यही कारण रजनीकान्त पनि उनीहरुको निशानामा परे । तर अब रजनीकान्तले मौनता तोड्दै मुख्यमन्त्री योगीको खुट्टा छुनुको कारणबारे बोलेका छन् ।

जवाफमा रजनीकान्तले योगी वा भिक्षु उमेरमा आफूभन्दा कान्छो भए पनि खुट्टा छुने संस्कार हुन्छ भन्ने बताएका छन् । किनभने यो उनीहरूको बानीको हिस्सा हो । त्यसैले आफूले सीएम योगी आदित्यनाथको खुट्टा छोएको उनको भनाइ छ ।

रजनीकान्त हालै बद्रीनाथको दर्शन गरेर लखनऊ गएका थिए । त्यसपछि उनले अयोध्यामा रामलीलाको दर्शन पनि गरे । त्यसपछि साथी अखिलेश यादवसँग पनि भेट गरे । रजनीकान्तको यो यात्राको अहिले धेरै चर्चा भइरहेको छ ।

रजनीकान्तको पछिल्लो फिल्म ‘जेलर’ अगस्ट १० मा रिलिज भएको थियो । यो फिल्मले ११ दिनसम्म २८१.१६ करोड भारु कमाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?