+
+

अब एक्समै खोज्न सकिनेछ जागिर !

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:०३

सोसल मिडिया प्लाटर्फम एक्समा लगातार नयाँ परिवर्तन तथा फिचरहरु थप भैरहेका छन् । स्थापनाकालदेखि नै रहेको ट्वीटर नाम परिवर्तन भएर एक्स बनेको यो प्लाटर्फममा प्रयोगकर्ताका लागि एउटा गज्जबको फिचर थप हुँदैछ । जसअनुसार अब प्रयोगकर्ताहरुले एक्स मै जागिर खोज्न सक्नेछन् ।

समाचार अनुसार सोसल मिडिया प्लाटर्फम एक्समा छिटै नै जब सर्च फिचर थप हुँदैछ । यसबाट प्रयोगकर्ताले यो प्लाटर्फममै आफ्ना लागि जागिर खोज्न सक्नेछन् ।

@XDaily का अनुसार एक्स मालिक एलन मस्ककै आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले @XHiring को माध्यमबाट आफ्नो पेजमा जागिरका सूचीहरू पोस्ट गर्न सुरु गरिसकेको छ । यद्यपि यो अहिले केवल अमेरिकामा एक्सको वेब भर्सनमा मात्र उपलब्ध छ ।

गत मे महिनामा ट्वीटरले खरिद गरेको जब म्याचिंग प्लाटर्फम लास्कीका पूर्वसीईओ क्रिस बक्केले भनेका छन्-जागिरको खोजी र त्यो भन्दा पनि महत्वपूर्ण योग्य अवसर मिलाउने कुरा । यी दुवै चिज छिटै आउँदैछन् ।

गत महिना एप शोधकर्ता नीमा ओवजीले जागिर सूचीकरण सुविधाको विवरणसहित एक स्क्रीनशट पोस्ट गरेका थिए । त्यसबाट के आँकलन गरिएको थियो भने कम्पनीले यो सुविधाको व्याख्या ट्वीटर हायरिंगको रुपमा गर्नेछ र यो प्रमाणीकृत संस्थाहरुका लागि कम्पनी प्रोफाइलमा उपलब्ध रोजगारीहरू पोस्ट गर्नका लागि एक नि:शुल्क सुविधाको रुपमा रहनेछ ।

एक्समा भेरिफाइड संस्थाहरुले आफ्नो प्रोफाइलमा अधिकतम ५ वटासम्म पद जोड्न सक्नेछन् ।

एलन मस्कले गत मे महिनौ यो फिचरको संकेत दिएका थिए । आइतबार एक्स प्लाटर्फममा एक पोस्ट गर्दै मस्कले हालसम्म कुनै पनि महान सोसल नेटवर्क नरहेको र आफू कम्तिमा पनि एउटा त्यस्तो प्लाटर्फम बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

उनले भनेका छन्, ‘हामी असफल हुनसक्छौं, जसरी केही मानिसहरुले भविष्यवाणी गरेका छन् । तर हामीले कम्तिमा पनि एउटा यस्तो काम गर्ने पूरा कोसिस गर्नेछौं ।’

स्मरण रहोस् एलन मस्कले एक्स प्लाटर्फमलाई एउटा सम्पूर्ण सुविधायुक्त एपका रुपमा विकास गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?