+
+

विपिनको जन्मदिनमा ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:३२

काठमाडौं । प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसरमा मंगलबार सार्वजनिक टिजर सशक्त देखिन्छ ।

‘भष्मे डनको पुनरागमन’ उल्लेख गरिएको टिजरमा पशुपतिनाथ मन्दिर, बागमती नदी, आर्यघाट र त्यहाँ फ्याँकिएका सिक्का तथा सुनको औंठीलाई भीएफएक्समार्फत प्रस्तुत गरिएको छ । सुनको दाँत लगाएको हुलियामा भष्मे डन उर्फ विपिनलाई देख्न सकिन्छ ।

भष्मे डन पात्रलाई दोस्रो श्रृंखलामा स्थापित गर्ने शैली टिजरमा गज्जबको छ । सम्पादकले उत्कृष्ट भिजुअल ट्रिटमेन्ट प्रस्तुत गर्दै टिजर पस्किएका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मको पटकथा र निर्माण खगेन्द्र लामिछानेको छ । विपिनसहित सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल र प्रकाश दाहालको पनि अभिनय छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत छ । आगामी बडादशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने जनाइएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित रहेर फिल्म निर्माण गरिएको हो । पटकथाकार तथा निर्माता लामिछानेले नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण बनेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?