+
+

नेपाली फिल्म ‘गोर्खा वारिअर’लाई शुभकामना दिंदै बेलायती प्रधानमन्त्रीले लेखे पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १३:५८

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली फिल्म ‘गोर्खा वारिअर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेखेका हुन् ।

गत जुलाई २० मा निर्माता र निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिंदै पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिएका छन् ।

पत्रमा प्रधानमन्त्री सुनक लेख्छन्, ‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद ।’

यो फिल्मलाई सेप्टेम्बर १० मा बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गर्ने कार्यक्रम छ । यो हलमा यसअघि चर्चित हलिउड फिल्महरुको प्रिमियर भइसकेको छ । फिल्मले दोस्रो विश्वयुद्धको दौरान बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले मलायामा लडेको युद्धको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?