
५ भदौ, काठमाडौं । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरुको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको हो ।
बागमती प्रदेशमा ७ जेठमा मन्त्रिपरिषद विस्तार गर्दा मन्त्रिपरिषदको सदस्य संख्या १२ पुर्याइएको थियो तर मन्त्रालय संख्या ११ वटा मात्र थियो । कांग्रेसका नेता रामकृष्ण चित्रकार विना विभागीय मन्त्री थिए ।
मंगलबारको मन्त्रिपरिषद बैठकले हालै थप गरिएको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिएको सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
अब बागमतीमा यी मन्त्रालयहरु रहनेछन्
१ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२ आन्तरिक मामिला तथा कानून मन्त्रालय
३ आर्थिक मामिला तथा योजना मन्त्रालय
४ उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय ( रामकृष्ण चित्रकार)
५ कृषि तथा पशुपन्छी विकास मन्त्रालय
६ खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय
७ संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय
८ भौतिक पूर्वाधार विकास मन्त्रालय्
९ वन तथा वातावरण मन्त्रालय
१० श्रम, रोजगार तथा यातायात मन्त्रालय
११ सामाजिक विकास मन्त्रालय
१२ स्वास्थ्य मन्त्रालय
प्रतिक्रिया 4