+
+

लाइफ पार्टनरलाई लिएर अनन्या पाण्डेको सर्त : भावी पति मेरो बुवाजस्तै बन्न जरुरी छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १२:३१

काठमाडौं । आयुष्मान खुराना र अनन्या पाण्डेको फिल्म ‘ड्रिम गर्ल २’ शुक्रबार रिलिज हुँदैछ । व्यवसायिक जीवनबाहेक अनन्या पाण्डे हिजोआज अभिनेता आदित्य रोय कपुरसँगको सम्बन्धका कारण चर्चामा छिन् ।

यसक्रममा ‘ड्रीम गर्ल २’को प्रमोसनका क्रममा मिडियासँगको अन्तर्वार्तामा अनन्याले आफ्नो जीवनसाथीको बारेमा धेरै कुरा बताएकी छिन् । यी सबै गुण आफ्नो भावी पतिमा भएको अभिनेत्रीले बताइन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा अनन्यालाई उनका बुवा चंकी पाण्डेले उनको लागि कस्तो पति चाहन्छन् भनेर सोधिएको थियो । जवाफमा अनन्याले ठट्टा गर्दै भनिन्, ‘मलाई लाग्छ, मेरो बुवाले मलाई आइडल पति छान्नका लागि धेरै मापदण्ड राख्नुभएको छ । तिनीहरूलाई पार गर्न कसैलाई गाह्रो हुनेछ ।’

आफ्ना भावी पतिका गुणबारे कुरा गर्दै अनन्याले आफूले जीवनसाथीबाट गर्ने अपेक्षाबारे कुरा गरेकी छन् । उनले भनिन्, ‘मेरो पार्टनर मेरो बुबा जस्तै दयालु, मायालु र हँसाउन सक्ने हुनुपर्छ । यी गुण मेरो लागि उत्तम छन् । मेरो बुबा मेरो लागि सबैभन्दा राम्रो व्यक्ति हुनुहुन्छ, त्यसैले मेरो साथी उहाँ जस्तै हुनुपर्छ ।’

कुराकानीका क्रममा अनन्याले केही समयदेखि आफ्नो कुनै पनि फिल्म रिलिज नभएको बताइन् । यही कारण उनको व्यक्तिगत जीवनमा मानिसले बढी ध्यान दिने गरेका छन् । अनन्याले आफ्ना आगामी प्रोजेक्टमार्फत ‘अनस्क्रिन’ उपस्थितिलाई परिवर्तन गर्ने र दर्शकले उनको कामलाई मन पराउने समेत बताइन् ।

अनन्याको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा, उनी चाँडै फरहान अख्तरको ‘खो गए हम कहाँ’ र विक्रमादित्य मोटवानेको ‘साइबर थ्रिलर कन्ट्रोल’मा देखिने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?