+
+

नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहन बडुवाल एमाले फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १६:३४

६ भदौ, सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका  छन् ।

एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  ।

समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?