+
+

नागरिक उड्डयन प्राधिकरणविरुद्ध बालेनले दिएको रिट खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १९:२१

६ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालेको रिट खारेज भएको छ । १ असारमा ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै प्राधिकरणले चिठी काटेपछि कारवाही बदरको माग गर्दै मेयर शाहले प्राधिकरणविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए ।

अदालतले माग दाबी बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अल्पकालीन आदेश मात्र जारी गरेको थियो । अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि १२ असारमा बोलाएको थियो । तर, बुधबार अदालतले बालेन शाहले हालेको रिट खारेज गरेको हो ।

लिखित स्पष्टीकरण पेश गर्नुपर्ने

रिट खारेजीसँगै मेयर बालेनले प्राधिकरणलाई ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने भएको छ ।
प्राधिकरणका अनुसार स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँ जरिवाना हुन सक्नेछ ।

गत ३२ जेठमा काठमाडौं महानगरका नगर प्रहरीले सिनामंगल ओरालो स्थित कार्गो बिल्डिङ नजिकै लगाइएको फेन्सिङ तारबार काटेका थिए । तर आफ्नो स्वामित्वमा रहेको तारबार महानगरले नियमविरीत भत्काएको भन्दै प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो ।
९ नम्बर वडाले कार्गो विल्डिङ नजिकैको सरकारी जमिनमा पार्क बनाउने योजना अनुसार जग्गा खाली गर्न महानगरले नगर प्रहरी खटाएको थियो ।

प्राधिकरणले महानगरपालिकाका मेयर शाहसहित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र काठमाडौं महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलाई ७ दिन भित्र स्पष्टीकरण दिन भनेको थियो । तर, मेयर शाह स्पष्टीकरण नदिई प्राधिकरण विरुद्ध अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?