+
+

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १३:०१

७ भदौ, काठमामाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धानमा योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।

कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलकोतर्फबाट प्रदान गरेको योगदान स्वरुप प्रशंसा पत्र प्रदान गरको हो ।

एनसेलले कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ । नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?