+
+

स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु, जनकपुर- जलेश्वर सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १५:४९

७ भदौ, जनकपुरधाम । जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन् ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालक जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो ।

बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

उनको मृत्युपछि स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

दुर्घटनापछि बसका चालक फरार छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीय बासिन्दाले भने बिहीबार दिउँसो १ बजेदेखि सडक बन्द गराएर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?