+
+

२३ वर्ष कान्छी सुपरमोडलसँगको डेटिङमा ‘टाइटानिक’ स्टार लियोनार्दो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १६:२९

काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले धेरै ब्लकबस्टर फिल्म गरे पनि नेपालमा उनलाई फिल्म ‘टाइटानिक’का ‘ज्याक’ भनेर चिनिन्छ । फिल्मसँगै उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुन्छ । सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ मोडलसँग देखिएका छन् ।

उनी लियोनार्दोभन्दा २३ वर्ष कान्छी छिन् । चर्चा भएअनुसार ती युवती लियोनार्दोकी नयाँ प्रेमिका हुन् । पेज सिक्सको रिपोर्ट अनुसार लियोनार्दोलाई क्यालिफोर्नियाको सान्ता बारबरामा मोडल भिटोरिया सेरेटीसँग भेटिएको थियो । उनीहरु एकअर्काको कम्पनीमा निकै खुसी देखिएका थिए । दुवैले गर्मीबाट राहत पाउन प्रयास गरिरहेको रिपोर्टमा उल्लेख छ । लियोनार्दोले आइसक्रिम र आइस कफी लिए । दुवै क्याजुअल तर स्टाइलिस लुकमा थिए ।

लियोनार्दो र मोडल भिटोरिया सेरेटीलाई आइसक्रिम पार्लरबाट बाहिर निस्किएको देखिएको थियो । अहिले उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

४८ वर्षीय अभिनेता लियोनार्दोको नाम यसअघि सुपर मोडल गिगी हदिदसँग जोडिएको थियो । गिगी र लियोनार्दो अझै पनि दुवै अन–अफ सम्बन्धमा रहेको बताइएको छ । गत साता विमानस्थलमा झोलामा लागूऔषध भेटिएपछि गिगीलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?