+
+

‘ब्रिक्स’ बन्यो ‘ब्रिक्स प्लस’, थपिए ६ मुलुक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १७:५४

७ भदौ, काठमाडौं । विश्वका उदीयमान अर्थतन्त्रहरूको साझा संगठन ब्रिक्समा अन्य ६ वटा मुलुकहरू सदस्य बनेसँगै थप शक्तिशाली बनेको छ ।

जोहनेसबर्गमा जारी शिखर सम्मेलनले नयाँ देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट ब्रिक्समा थप्ने निर्णय भएको दक्षिण अफ्रिकाका राष्ट्रपतिले सिरिल रामसोफाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसअघि ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मात्रै सदस्य रहेकामा दक्षिण अफ्रिकाको जोहनेसबर्गमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुक पनि सहभागी हुने भएका हुन् । ती देश सन् २०२४ को जनवरीबाट ब्रिक्सको सदस्य हुने छन् ।

यससँगै ब्रिक्समा संगठित हुने मुलुकको संख्या ११ पुगेको छ । यससँगै अब ब्रिक्सको नाम परिवर्तन भएर ब्रिक्स प्लस हुने छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता वाङ वेनबिनले ब्रिक्सको १५औं शिखर सम्मेलनबाट नयाँ सदस्य थपिएसँगै ब्रिक्स थप सशक्त हुने धारणा सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?