+
+

सामान्य प्रशासन मन्त्रालयको सचिवमा सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १६:३६

७ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी  नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् ।

यसअघि सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए ।

सिंहलाई सामान्य प्रशासनमा ल्यएपछि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । सिंहले यसअघि गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए ।

शुक्रबार सिंहले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?