+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘काठमाडौं युथ कनक्लेभ’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:४५

८ भदौ, काठमाडौं । शनिबार प्रज्ञा प्रतिष्ठानमा काठमाडौं युथ कनक्लेभ हुने भएको छ । विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप, र अनुभवलाई साझा गरेर युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशा निर्देश गर्ने उद्धेश्यले कक्लेभको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

युनीभर्सल कलेज र फिनिक्स कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा हुन लागेको कनक्लेभले युवा वर्गलाई नेपालमा बसेर विभिन्न क्षेत्रमा भविष्य खोज्न अभिप्रेरित गर्ने आयोजकको दाबी छ । ईसेवाको मुख्य प्रायोजनमा हुने कनक्लेभमा ईसेवाका सीईओ जगदीश खड्का, एनसेलका सीईओ जाबोर कायुमोभ, हात्तीहात्तीकी प्रमुख प्रिया सग्देल, लेखक, गायक तथा गीटारिष्ट समिर श्रेष्ठ, अल्ट्रा म्याराथन धावक मिरा राई सहभागी भई आफ्नो अनुभव साझा गर्नेछन् ।

त्यस्तैगरी र्‍यापर महेश दोङ, डीआरएस जीपामीङ (पब्जी मोबाइल टीम), गायक तथा संगीतकार नितेश जंग कुँवर, स्ट्यान्ड अप कमेडियन सजन श्रेष्ठ, डा.सन्दुक रुइत लगायतका सहभागी हुनेछन् ।

बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस वर्षको काठमाडौं युथ कनक्लेभ आइकन अवार्ड पब्जी टीम डीआरएसलाई प्रदान गर्ने जानकारी दिइएको छ । नेपालको ई स्पोर्टस् को सम्भावना उजागर गर्न सफल भएकोलाई एक लाख राशी सहितको अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?