+
+

अब धुन गुनगुनाएरै युट्युबमा गीत खोज्न सकिने

एजेन्सी एजेन्सी
२०८० भदौ ९ गते १३:०६

गुगलको भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले एउटा बहुप्रतिक्षित फिचरको परीक्षण गरिरहेको छ । जस अनुसार अब गीतको धुन गुनगुनाएकै भरमा युट्युबमा सम्बन्धित गीत सर्च गर्न सकिनेछ ।

कहिलेकाहीँ यस्तो पनि हुन्छ कि हामीलाई केवल कुनै गीतको धुनमात्रै याद हुन्छ तर सम्झिने लाखौं कोसिस गर्दा पनि गीतको बोल वा शब्दहरु याद हुँदैनन् । युट्युबले प्रयोगकर्ताहरुको यहीँ समस्याको समाधान खोज्न लागेको हो । युट्युबले एउटा यस्तो फिचरमा काम गरिरहेको छ जो लागू भएसँगै प्रयोगकर्ताले गीतको धुन अर्थात् लय गुनगुनाएरै कुनै पनि गीत युट्युबमा सर्च गर्न सक्नेछन् ।

हाल यो नयाँ फिचरको एन्ड्रोइड एपमा परीक्षण भैरहेको बताइएको छ र सुरुमा यसलाई एन्ड्रोइड प्लाटर्फममै जारी गरिनेछ ।

यो नयाँ फिचरको पुष्टि गरेकेा छ र युट्युबको टेस्ट फिचरका साथै एक्सपेरिमेन्ट पेजमा यसको जानकारी दिइएको छ ।

गुगलको यो फिचरले भ्वाइस सर्चको रुपमा काम गर्नेछ । धुनबाट कुनै गीत सर्च गर्नका लागि फोनको भ्वाइस सर्चलाई song search ज फिचरमा बदल्नुपर्दछ । यो फिचरमार्फत् युट्युबमा गीत सर्च गर्नका लागि कम्तिमा पनि तीन सेकेण्डसम्मको धुन गुनगुनाउनु पर्नेछ ।

स्मरण रहोस् युट्युबले स्मार्ट अर्गनाइजेसन फिचरमा पनि काम गरिरहेको छ। योसँगै युट्युबमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको सपोर्ट प्राप्त हुनेछ । उक्त नयाँ फिचरले एआइको सहयोगले भिडियोका लागि आफैं सारांश सिर्जना गर्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?