+
+

सामाजिक सद्भाव खल्बल्याएर अनियमितता लुकाउन खोजिएको छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १६:३७

९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम हुन्छन् भनेर त्यतातिर तपाईंलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन’, उनले भने, ‘एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य हामी कसैले गर्नुहुँदैन । सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’

सभापति लामिछानेले अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।

‘समाजको सद्भाव खल्बल्याउने मान्छेहरु किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने मान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौं, काँडाले घोच्ने मान्छेबाट टाढा बसौं । हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो, बेरोजगारी हो । यो साझा दुश्मन हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?