+
+

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १३:१७

१० भदौ, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आइतबारदेखि प्रिमियममा मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ प्रति कित्ताको दरले सेयर निष्कासन गर्ने स्वीकृति कम्पनीले पाएको हो ।

सार्वजनिक निष्कासन गर्न अनुमति पाएको मध्ये जारी पूँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरीसकेको छ । स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारण्को लागि सेयर निष्कासन गर्न लागेको हो ।

यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियलाई बिक्री नभएको सेयर समेत थप गरेर कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा छिटोमा १३ भदौ र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २४ भदौसम्म लम्बिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएस एण्ड क्लियरिङको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हाल बागमती साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । २२ मेगावाटको उक्त आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?