+
+

नेपाल पाकिस्तान मैत्री महोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १३:२७

१० भदौ, काठमाडौं । नेपाल–पाकिस्तान मैत्री महोत्सव भक्तपुरमा सम्पन्न भएको छ ।

सेन्टर फर एसियन स्टडिज र महाकाली डान्स काउन्सिलले पाकिस्तानी दूतावासको सहकार्यमा आयोजना गरेको मैत्री महोत्सव भक्तपुरमा २३ देखि २६ अगस्ट सम्म सञ्चालन भएको थियो ।

तीन दिने कार्यक्रममा निबन्ध लेखन, हस्तलेखन, चित्रकला प्रतियोगिता र सांस्कृतिक नृत्यमा ३० विद्यालयका ७०० भन्दा बढी विद्यार्थी सहभागी थिए ।

शनिबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि रहेका नेपालका लागि पाकिस्तानी दूतावासका कार्यवाहक उमैर अली र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले विभिन्न विधाका विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?