
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाइट हुने भएको छ । थ्री बिज इन्टरटेनमेन्टले गाईजात्राको अवसर पारे आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
कमेडी नाइटमा कमेडियन लेखमणि त्रिताल, उमेशकुमार गौतम, रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, विजयजंग थापा लगायतका कलाकारले प्रस्तुति दिनेछन् ।
कार्यक्रम हेर्नका लागि टिकटको मूल्य २२ अष्ट्रेलियन डलर तोकिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दीप चौधरीले जानकारी दिए ।
नेपग्याजम युवापुस्ताले निकै रुचाएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडियन लेखमणि र उमेशले यसअघि सगरमाथा क्षेत्रको कालापत्थरमा पुगेर कमेडी कला प्रस्तुत गर्दै कीर्तिमान समेत राखिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4