+
+

सौराहामा १ अर्ब लगानीमा बन्दै ‘सिद्धार्थ भिलासा बन्बासा’ रिसोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १८:१८

१० भदौ, काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्ने भएका छन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने भएको छ ।

रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पाको सुविधा रहेको छ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

२५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू भएको सिद्धार्थको व्यवसाय अहिले बिस्तार भएर देशैभर फैलिएको छ ।

ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?