+
+

ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते ११:२९

११ भदौ, झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा गाउँपालिका वडा नं.१ बेलायतीबारी स्थित ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

शंका लागेर जाँच गर्दा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध फेला परेकोले रिजालले बताए । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?