+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्री निवास बाहिर प्रदर्शन उत्रिएका नेविसंघका नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १७:००

११ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क ३ लाख ३८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्‍याएको छ ।

त्यसविरुद्ध नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइका सभापति अनशनमा बसेका छन् । नेविसंघका विद्यार्थीले शुल्कवृद्धि फिर्ता र अनशनरत विद्यार्थी सुलभ चापागाईंको जीवन रक्षाको माग गर्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेका थिए ।

त्यस क्रममा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल सलन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?