+
+

अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, दुई दिनदेखि अवस्था अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:४२

१२ भदौ, सुर्खेत । नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।

आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

‘हामीले उहाँ हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेका छौं । हिजो रातभरी पनि खोजीकार्य जारी नै राख्यौं,’ प्रजिअ पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म सम्पर्कमा हुन सकिरहेको छैन । के कति कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’

उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको प्रजिअ पोखरेलले जानकारी दिए ।

पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थिए । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको पोखरेलले बताए ।

खोजतलासका लागि नेपाली सेना र नेपाल प्रहरीले सोमबारदेखि निरन्तर प्रयास गरिरहेको प्रजिअ पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?