+
+

‘ह्‍वाइट हाउस’मा रमेश उप्रेती र आँचल शर्मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १२:२५

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ फिल्म ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्ममा आँचलको शीर्ष भूमिका हुने जनाइएको छ ।

यो फिल्ममा यसअघि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भइसकेका छन् । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता उप्रेतीले यसको कथावस्तु महत्वपूर्ण रहेकाले आफू खेल्न राजी भएको सुनाए । राजदरबार घटनाको कथावस्तु पनि हल्का समावेश भएको उनले जनाए । फिल्मको नाम ‘ह्वाइट हाउस’मा चेन्ज भएर ‘राज महल’ हुन सक्ने पनि उनले जानकारी दिए ।

रमेश मंगलबार अमेरिका उड्दैछन् । दशैं मनाएर उनी त्यहाँबाट फर्किएपछि फिल्मको छायांकन सुरु हुने जनाइएको छ । ओस्कार कलेजमा फिल्म पढेका सविनले केही छोटा फिल्म र म्युजिक भिडियोलाई निर्देशन समेत गरेका छन् । अन्य कलाकारलाई चाँडै सार्वजनिक गरिने उनले जानकारी दिए ।

निर्देशक तोलांगीले केही छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गरेका छन् । अष्ट्रेलिया र नेपालमा सुटिङ हुने फिल्मका लागि बाँकी कलाकारको खोजी भइरहेको छ ।

यो फिल्मअघि मुस्कान ढकालले निर्देशन गर्ने फिल्म ‘पञ्चामृत’को छायांकन पूरा गर्ने जनाइएको छ । यो फिल्ममा आँचलसँग धीरज मगर र सौगात मल्लको जोडी बाँधिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?