+
+

उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १२:३१

१२ भदाै, विराटनगर । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो ।

सप्तरी घर भएका उनी प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै थिए । पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६ः ५० बजेतिर मृत घोषित गरेका थिए । टिपर र चालक झापाको मेची नगर नगरपालिका– ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए । घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी कुन अस्पतालतर्फ जाँदै थिए भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?