+
+

चीन जाने पर्यटकको अब कोरोना परीक्षण अनिवार्य नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १२:३१

१२ भदौ, काठमाडौं । अबदेखि चीन भ्रमणमा जाने पर्यटकहरुले कोरोना परीक्षण गर्नु नपर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण गर्ने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाएको जानकारी दिए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा देखा पर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा वाङ यीले अगस्ट ३०, २०२३ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?