
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् ।
मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमाण पुग्दा पनि कारबाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् ।
‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रा कांग्रेसका नेताहरूमाथि कारबाही हुने, अरूको प्रमाणसहित हुँदा पनि दूधले धोएर, चोख्याएर घरमा राख्ने ?’ सांसद चौधरीले प्रश्न गरिन्, ‘हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा राख्ने ?’
उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको तर कांग्रेसको माननीयलाई मात्रै कारबाही भएको बताइन् ।
‘हामीले यो कारबाही नगर्ने भनेको होइन । तर, फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारबाही होस्’, उनले भनिन् ।
प्रतिक्रिया 4