
१२ भदौ, काठमाडौं । राइकुन भाइबरको ‘सस्तो टिकट्स’नामक च्याचबटमार्फत अब हवाई उडानका टिकटहरु बुकिङ गर्न सकिने भएको छ ।
सस्तो टिकट्सका अध्यक्ष सम्राट दाहालका अनुसार यो सुविधा मंगलबार लञ्च गरिएको छ । अब प्रयोगकर्ताले भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबटमा जोडिन सक्ने भएका छन् । जहाँबाट नेपाली तथा अन्तर्राष्ट्रिय यात्रुले हवाई टिकट बुकिङ गर्न सक्ने भएका हुन् ।
भाइबरले सस्तो टिकट्ससँग सहकार्य गर्दै विभिन्न अफर समेत सार्वजनिक गरेको छ । जसको बम्पर अफरमा उडान र आवास सुविधासहित दुई जनाका लागि थाइल्याण्डको यात्रा उपलब्ध गराइने भएको छ । १५ जोडीलाई आन्तरिक उडानमा राउण्ड ट्रीप टिकट उपलब्ध गराइने भएको छ ।
पोखराका होटल र रिसोर्टमा १५ प्रतिशत छुट समेत उपलब्ध हुने सस्तो टिकट्सले जनाएको छ । ५ जना यात्रुले थप एक जना साथीका साथ माउन्टेन फ्लाइटको अवसर पाउने समेत सस्तो टिकट्सले जनाएको छ ।
प्रतिक्रिया 4