+
+

विधेयक ल्याउँदा विचौलिया हावी भयो भन्न मिल्दैन : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १८:१८

१२ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट नचुकेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले विधेयक ल्याउँदा विचौलिया हाबी भएको भन्नु गलत भएको बताए ।

‘विचौलिया हाबी भएर विधेयकहरु आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहिँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो’ उनले भने ।

आफू विगतदेखि नै विचौलियाका विरुद्ध लडेर आएको भन्दै गुरुङले आफ्नो पृष्ठभूमि हेर्न पनि सांसदहरुलाई आग्रह गरे । ‘…आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि ? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ । म खुला पाना हुँ, पढे हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?