+
+

अरिङ्गालले टोकेर घाइते युवकको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते ९:५८

१३ भदौ, काठमाडौं । मंगलबार साँझ अरिंगालले टोक्दा घाइते भएका स्याङ्जाको विरुवा गाउँपालिका- १ का युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा स्थानीय २८ वर्षका चेलिस श्रेष्ठ घाइते भएका थिए ।

उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।  पाँच जना अरिंगाल पोल्न गएकामा अरुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?