+

कस्तो छ नेपाल र पाकिस्तानले खेल्ने मुल्तानको पिच ?

२०८० भदौ  १३ गते १०:१२ २०८० भदौ १३ गते १०:१२
कस्तो छ नेपाल र पाकिस्तानले खेल्ने मुल्तानको पिच ?

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ । पाकिस्तानका लागि मुल्तानको पिच नयाँ होइन, नेपालका लागि भने यो मैदान र यहाँको पिच नयाँ हो ।

नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानसँग तुलना गर्दा मुल्तानको पिच विपरीत छ ।

त्रिवि मैदानको पिच बलरलाई सहयोग गर्ने पिच हो, त्यसैले कीर्तिपुरमा टस जित्ने टिमले प्राय पहिला बलिङ गर्थे ।

मुल्तान स्टेडियमको मैदान भने ब्याटिङ पिच हो । यो पिच दोस्रो इनिङ्समा ड्राई अर्थात सुख्खा हुन्छ । त्यसैले यहाँ टस जित्ने टिमले पहिला ब्याटिङ रोज्न सक्छन् ।

क्रिकेट प्रशिक्षक राजु बस्न्यातका अनुसार २००६ तिर नेपाली टोलीले यही मैदानमा अभ्यास खेल खेलेको थियो । यो अली गर्मी हुने यो हो र यहाँको मैदान ब्याटिङ फ्रेन्ड्ली
छ । बस्न्यात भन्छन्, ‘हाम्रो कीर्तिपुरमा रन बनाउन गाह्रो छ । तर त्यो ब्याटिङ फ्रेन्ड्ली मैदान हो । बाउण्ड्री पनि ठूलो छ ।’

नेपाल र पाकिस्तानको खेल डे नाइट म्याच हो । खेल सुरु हुने समय (नेपालको समय अनुसार दिउँसो सवा ३ बजे) यहाँको पिच ड्राइ भइसकेको हुन्छ । र पनि यो स्कोरिङ पिच भएकाले पहिले ब्याटिङ गर्ने टिमको लागि फाइदाजनक हुन सक्छ ।

सन् २००१ मा बनाइएको यो मैदानमा त्यसको ३ वर्षपछि पाकिस्तानले बंगलादेशविरुद्ध ३ विकेट गुमाएर ३२३ रन बनाएको थियो । जुन अहिलेसम्मकै उच्च स्कोर हो ।

यो मैदानमा सन् २००४ मा जिम्बाबे १४८ रनमा अल आउट भएको थियो । यो मैदानमा पहिला ब्याटिङ गर्ने टिमले बनाएको औसत रन भने २५५ छ ।

यही मैदानमा दोस्रो ब्याटिङ गरेको पाकिस्तानले सन् २०२२ मा वेष्ट इण्डिजविरुद्ध ३०६ रनको लक्ष्य भेट्टाएको थियो । यो खेलमा पाहुना टोलीका शाही होपले बनाएको १२७ रन कुनै पनि ब्याटरले यो मैदानमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो ।

बलरका लागि भने यो पिच खासै सुखद पिच मानिँदैन । विकेटका लागि बलरले निकै प्राविधिक तरिकाले खेल्नु पर्ने हुन्छ ।

बल केही पुरानो भइसकेपछि भने यो पिचमा स्पीनर चल्न सक्छन् । नेपालका लागि स्पीन अट्याकमा सन्दीप लामिछाने र ललित राजवंशीले मुख्य भुमिका निर्वाह गर्नेछन् । उनीहरुले यो पिचमा फाइदा उठाउन सक्ने छन् ।

यो मैदानमा सन् २०२२ मा वेष्ट इण्डिजविरुद्ध पाकिस्तानका मोहमद नवाजले १९ रन दिएर ४ विकेट लिएका थिए । जुन एक दिवसीय क्रिकेटमा कुनै पनि बलरको यो मैदानमा उत्कृष्ट प्रदर्शन हो ।

नेपालको सम्भावित प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

पाकिस्तानको प्लेइङ ११ : बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), फखार जमान, इमाल उल हक, सलमान अलि, इफ्तिखार अहमद, मोहम्मद रिज्वान (विकेट किपर), मोहम्मद नवाज, नसिम शाह, शाहिन शा अफ्रिदी र हरिश रौफ

एसिया कप नेपाल पाकिस्तान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय