+
+

एनसेलका सीईओ जाब्बोरले भने–सफलता हासिल गर्न युवाले ठूला सपना देख्नु पर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १३:०९

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले युवाहरुले ठूलो सफलता हासिल गर्न सपना देख्नु पर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ लाई सम्बोधन गर्दै उनले भने, ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने सपना देख्नु पर्छ । आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी युवाहरूसँग आफ्नो प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनु पर्ने बताए ।

युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न उनले प्रेरित गरे । युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न उनले प्रोत्साहित गरे । उनले भने, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।’

कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरसेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरू थिए ।

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो ।

युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको यस वर्षको ‘केवाईसी’ संस्करणको मूल नारा ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । १६ देखि २५ वर्ष उमेर समूह सहभागी कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?