+
+

बाबर आजमले पूरा गरे १९ औं एकदिवसीय शतक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:२८

१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालविरुद्धको खेलमा पाकिस्ताका कप्तान बाबर आजमले शतक बनाएका छन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १९ औं शतक हो ।

बाबरले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका छन् । उनले १०४ औं एकदिवसीय खेलमा १९ औं शतक बनाएका हुन् ।

उनले ओडीआईका १०३ खेलमा ५ हजार २०२ रन बनाएका छन् । उनको हालसम्म एकदिवसीयमा सर्वाधिक १५८ रन बनाएका छन् ।

एसिया कपमा नेपालविरुद्धको खेलमा बाबर आजम अर्का ब्याटर इफ्तिखार अहमदसँग १०१ रनको साझेदारी बनाएर खेलिरहेका छन् । इफ्तिखारले पनि अर्धशतक पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?