+
+

भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ९:१३

१४ भदौ, काठमाडौं । भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोली उनलाई फेला पारेको थियो । त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८/३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?