+
+

गाईजात्रामा काठमाडौंका यी रूटमा हुनेछन् सवारी निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १५:०४

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ ।

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही ) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महानगरले जनाएको छ ।

काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।

काठमाडौं कुन–कुन रुटमा सवारी निषेध (गाईजात्रा परिक्रमा मार्ग)

असन–केल टोल– इन्द्रचोक– मखन– हनुमानढोका दरबार परिसर– मरु टोल चिकँमुगल

–जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल

–कोहिटी– भीमसेनस्थान– मरुटोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी

– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछी भोताहिटि हुँदै असन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?