+
+

‘फेरारी’लाई भेनिसमा ६ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १३:३८

काठमाडौं । हलिउड स्टार एडम ड्राइभरको शीर्ष भूमिका रहेको फिल्म ‘फेरारी’ले भेनिस फिल्म फेस्टिभलमा ६ मिनेट लामो स्ट्यान्डिङ–ओभेसन प्राप्त गरेको छ ।

एडम र माइकल मानको फिल्मले भेनिसमा विश्व प्रिमियर हुँदै अवार्ड सिजनको सुरुवात गरेको छ । यो रेसिङ ड्रामा हेर्न साला ग्राण्डे थिएटरमा खचाखच दर्शक उपस्थित रहे । फिल्म सकिएपछि दर्शकले ६ मिनेट उभिएर सम्मान व्यक्त गरे । प्रिमियरमा सहभागी अभिनेता एडमका आँखा यो उच्च सम्मान प्राप्त गरेपछि रसाएका थिए ।

फिल्मले ६ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरिरहँदा अभिनेता एडम ड्राइभर आँसु खसाल्दै गरेको देखिएका थिए । जब उनी आफ्नो सिटमा बसे, मानले उनलाई उठ्न र ताली लिन मद्दत गरे ।

यो सम्भवतः पहिलो फिल्म हो, जसले भेनिसमा केही स्टार पावर ल्याउन सफल भएको छ । किनकि हलिउडमा चलिरहेको लेखक र कलाकारको दोहोरो हड्तालको असरले फेस्टिभलको तालिका फेरबदल गर्नुपरेको थियो ।

‘फेरारी’ एउटा फिल्म थियो जसबाट सबैले भेनिस फिल्म फेस्टिभलमा मुड परिवर्तन गर्न सक्ने आशा गरेका थिए र यसले अलिकति पनि निराश पारेन । फिल्ममा ड्राइभरले रेसर ड्राइभर एन्जो फेरारीको भूमिका चित्रण गरेका छन् । उनको झलक पाउनका लागि मानिस भेनिस स्थलबाहिर घण्टौं लाइनमा बसेका थिए ।

अभिनेता ड्राइभर भेनिसमा उपस्थित हुने थोरै मात्र स्टार भएको भन्दै उनीहरुलाई जानकारी दिइएको थियो । हड्तालको बीच ‘फेरारी’लाई मिडियासँग भेट्न र फिल्म प्रचार गर्न अनुमति दिइएको छ, किनभने यो स्टुडियोद्वारा समर्थित छैन ।

पेनलोप क्रुज पनि ‘फेरारी’की अभिनेत्री हुन् तर उनी फेस्टिभलमा उपस्थित रहिनन् । हड्तालको कारण जेन्डाया, ब्राड्ली कुपर, केरी मुलिगन र माइकल फासबेन्डर लगायतका कलाकारले भेनिस भ्रमण रद्द गरेका थिए ।

फिल्म ‘फेरारी’ ब्रोक येट्सको जीवनी ‘एन्जो फेरारी : द म्यान एण्ड द मसिन’मा आधारित छ । सन् १९५७ को गर्मीयामको कथामा सेट गरिएको फिल्मले चर्चित रेसर र उद्यमी (ड्राइभर)को प्रतिस्पर्धा पेश गरिएको छ ।

उसले आफ्नो व्यवसाय बचाउन ऋणले टाट पल्टिनेदेखि, सम्बन्ध विच्छेद र छोराको मृत्युजस्ता चुनौती पार गर्नुपर्छ । यो फिल्म आगामी डिसेम्बर २५ मा रिलिज हुने तयारीमा छ । भेराइटी म्यागजिनले यो फिल्मलाई मास्टरफुल ड्रामा भन्दै समीक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?