+
+

एकसाथ ५० भन्दा बढी सहसचिवको सरुवा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १९:४८

१५ भदौ, काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

‘सहसचिवहरुको सरुवा हुने तय भइसकेको छ, प्रमाणीकरणको प्रक्रिया पुरा नभई सरुवा भएकाहरुको सूची बाहिर आउँदैन,’ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने,‘लामो सयमदेखि एकै ठाउँमा रहेका र विभिन्न मन्त्रीले राखेको चाहनाबमोजिम अन्तिम सूची प्रमाणीकरण भएर आउँछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै सरुवाको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारी छ । को–को ससहचिवको कुन मन्त्रालय र निकायमा सरुवा भयो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?