+
+

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १३:२३

१६ भदौ , गुल्मी । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?