+
+

अपडेट : पेप्सीकोला-काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १०:५४

१७ भदौं, काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश०२प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको प्रहरी सहायक निरीक्षक रविचन्द्र पुडासैनीले जानकारी दिए ।

स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते छन् ।

बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?