+
+

रामबाबुको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित, दयाहाङको जोडी बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १७:१०
फाइल तस्वीर

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा पक्का भएकी छन् । यो फिल्ममा आँचललाई दयाहाङ राईको अपोजिटमा कास्ट गर्न लागिएको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

आँचल अनुबन्धित भएसँगै अब यो फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक तथा निर्माता गुरुङले आँचलसँग फिल्मलाई लिएर सहमति भएको बताए । यसअघि माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि फिल्ममा जोडिइसकेका छन् ।

यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । शीर्ष भूमिकामा दयाहाङले अभिनय गर्नेछन् ।

फिल्मको छायांकन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायांकन असोज १ गतेदेखि दोस्रो चरणको छायांकन मंसिर १ गतेदेखि सुरु हुने जनाइएको छ । फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्म्सले जनाएको छ । यो फिल्मपछि रामबाबु ‘कबड्डी ५’ को तयारीमा लाग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?