+
+

स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपाली बजारमा, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १७:५२

काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ ।

चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको एक शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्‍यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ ।

कम्पनीका अनुसार ‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो । जुन अद्वितीय, सूक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ । यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको छ ।

एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवाल मोन्टे कार्लोमा स्पोर्ट र्‍यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्ने बताउँछन् ।

नयाँ कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् र यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको कम्पनीले बताएको छ ।

नयाँ स्कोडा कुशाक ‘मोन्टे कार्लो’ दुई वटा आकर्षक कलरः ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । साथै ग्रिल, ‘ओआरभिएम’ र अन्य भागलाई ‘स्पोर्टि’ देखाइएको छ ।

‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टीएसआई इन्जिन रहेको छ । जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । जसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ ।

कति छ मूल्य ?

नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को मूल्य ७१ लाख ९० हजार रूपैयाँ र ‘अटोमेटिक ट्रान्समिसन’को ७९ लाख ९० हजार रूपैयाँ तोकिएको छ ।

नयाँ कारमा स्कोडा ‘अक्टाभिया आरएस २४५’को जस्तो डिजाइन १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को ‘फिनिस’ दिइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ ।

सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध रहेको कम्पनीले बताएको छ ।

‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?