
१७ भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आसन्न चीन भ्रमणका एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाउने तयारी गरेको छ ।
आगामी महिना हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा हुने महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नका लागि समितिको बैठकमा बोलाउने तयारी भइरहेको सभापति राजकिशोर यादवले बताए ।
‘अहिलेको अवस्थामा छिमेकी मुलुकमा हुन लागेको प्रधानमन्त्रीको भ्रमणमा के–कस्ता विषय उठाउँदा राम्रो हुन्छ भन्ने विषयमा सांसद र विभिन्न राजनीतिक दलबाट सुझाव आउने र त्यसले प्रधानमन्त्रीलाइ सहयोग पुग्ने गरी छलफल राख्न खोजेका छौं’, सभापति यादवले भने, ‘प्रधानमन्त्रीको समय मिलाएर यही हप्ताभित्र समितिको बैठकमा बोलाउने गरी तयारी भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4