+
+

लम्पी स्किन रोगबाट पीडित किसानलाई छिट्टै राहत : कृषिमन्त्री  भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १९:१९

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् ।

मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए ।

उनले भने, ‘ ‘लम्पी स्किन राहत मापदण्डमा चाहीँ अब गृह र अर्थको अलि आनाकानी हो कि भन्ने यहाँहरुको जुन जिज्ञासा छ । अब त्यसमा चाहीँ त्यत्तिधेरै भएको छैन । हामीले पठाएको पनि त्यतिधेरै भएको छैन । तर पनि हाम्रा प्रक्रियाहरु अलि लम्बेतान नै छन्।’

आइतबार सिंहदरबारमा मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताए ।

तर, हामी ताकेतामा नै छौं । ताकेता बारम्बार गरिरहेका छौं । मैले हिजै मात्रै पनि छिटो गरौँ भनेको छु । यसलाई छिट्टै गर्ने पक्षमा हामी छौं । हामी यसमा प्रयत्नशील छौं ।’उनले सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताए ।

मन्त्री भुसालले रासायनिक मलको अभाव पनि नभएको दाबी गरे । सुरूमा वितरणमा केही समस्या भएपनि अहिले किसानले रासायनिक मलको समस्या झेल्नु नपरेको उनको भनाइ थियो ।

मन्त्री भुसालले सरकारले कृषिमा खेतीवाली उत्पादन वृद्धिमा जोड दिएको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?