+
+

वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेलको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १२:५२

१८ भदौ, काठमाडौं । डा. दीपककुमार खरालले वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद बैठकले खराललाई वन सचिव नियुक्त गरेको हो ।

वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी सचिवमा सरुवा भएका छन् । योसागै दुबै सचिवले आफ्नो विषय विज्ञताअनुसार सचिवको जिम्मेवारी पाएका छन् ।

दुबै सचिवले आज आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने कार्यक्रम छ । यसअघि वन मामिलाका विज्ञका रुपमा रहेका सचिव खराललाई पशुपन्छीमा र कृषि मामिलमा जानकार सचिव पौडेललाई वन मन्त्रालयमा सचिवका रुपमा राखिएको थियो । यसले गर्दा मन्त्रालयहरुको कार्यसम्पादन राम्रो हुन नसकेको भन्दै आलोचना समेत भएको थियो ।

३ दशक वन सेवामा काम गरेका डा. खराल खरालले तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा वन्यजन्तु विभागको महानिर्देशकसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सदस्य सचिव र रेड कार्यक्रमको प्रमुख भएर समेत काम गरेका थिए ।

गत मंसिरमा पेमनारयाण कडेँल सेवा निवृत्त भएपछि खरालले वन सचिवाका रुपमा जिम्मेवारी पाउने आँकलन गरिए पनि सरकारले तत्कालीन कृषि सहसचिव रेवतीरमण पौडेललाई वन मन्त्रालयमा कामु सचिव बनाएको थियो । वनमा कामु सचिव बन्नुअघि पौडेल कृषि सेवा विभागका महानिर्देशक थिए । सचिवमा बढुवा भएपछि पनि पौडेल वनकै सचिवका रूपमा कायम थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?