+
+

जटिलतालाई हटाएर प्रहरी समायोजन गर्ने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १५:०७

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन ऐन बनिसकेको भएतापनि केही जटिलताका कारण कार्यान्वयनमा जान नसकेको बताएका छन् ।

‘प्रहरी समायोजन ऐन बनिसकेको छ । त्यसको कायान्वयनमा रहेका केही जटिलतालाई हल गरेर कार्यास्नपवयनमा लैजवाने तयारीम सरकार रहेको जानकारी गराउन चाहन्छु’ सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने ।

प्रहरी समायोजनका लागि आवश्यक प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन (प्रहरी समायोजन ऐन) र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) ऐन बनिसकेको छ ।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते र नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७७ साल भदौ १२ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । तथापि, प्रहरी समायोजनको कार्य अगाडि बढेको छैन ।

यी कानुनहरुमा केही जटिलताहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जटिलताको सम्बोधन गरेर समायोजन गरिने बताएका हुन् ।

प्रहरी प्रसासनसम्बन्धी कानुनलाई संघीयता अनुकुल बनाउने गृहकार्य पनि सरकारकाले गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?