१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट नेपाल र भारतबीच सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।
प्रतिक्रिया 4