+
+

दुई धार्मिक संस्थाले फिल्म ‘एक भगवत् गीता’को स्क्रिप्ट हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १६:४७
छलफलको लागि बोर्डमा पुगेका सुनिल, झरना र सुहाना थापा बोर्डका प्रवक्ता केएल बुढाथोकीसँग ।

काठमाडौं । दुई धार्मिक संस्था हिन्दू जागरण नेपाल र आध्यात्मिक विकास समाजले फिल्म ‘एक भगवत् गीता’को स्क्रिप्ट अध्ययन गर्ने भएका छन् । सोमबार चलचित्र विकास बोर्डको रोहवरमा निर्माण कम्पनी सुनिलकुमार थापा प्रोडक्सन र ती दुई संस्थाबीच छलफल भएको थियो ।

ती दुई धार्मिक संस्थाले फिल्मले सनातन हिन्दू धर्ममा आँच आउने काम गरेको भन्दै विरोध जनाउँदै आएका थिए । फिल्ममा चित्रण गरिएको अन्तरजातीय विवाहको सन्दर्भले हिन्दू धर्मको अपमान गरेको आरोप उनीहरुले लगाएका थिए ।

छलफलमा भएको सहमतिअनुसार मंगलबार चलचित्र विकास बोर्डमा पुनः भेट्ने र त्यहाँ स्क्रिप्ट हेर्नका लागि दिइने निर्माता सुनिलकुमार थापाले जानकारी दिए । ‘उहाँहरुले विरोध गरेजस्तो सनातन हिन्दू धर्ममा ठेस पुग्ने कुनै पनि कुरा फिल्ममा समावेश छैन । हामी यसतर्फ गम्भीर छौं । उहाँहरुलाई कन्भिन्स गर्नको लागि भोलि स्क्रिप्ट हेर्न दिने सहमति भएको छ,’ बैठकपछि थापाले भने ।

चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाले पनि दुवै पक्षबीच भएको सहमतिअनुसार स्क्रिप्ट हेर्ने कुरा भएको बताए । ‘भोलि स्क्रिप्ट हेर्न बोर्डमा बोलाइएको छ । बोर्डले उहाँहरुबीच मध्यस्थता मात्र गरेको हो,’ रैखोलाले भने । यो फिल्मको नामलाई लिएर पनि यसअघि विरोध भएको थियो । त्यसपछि निर्माताले टाइटलमा केही हेरफेर गरेका थिए । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको शीर्ष भूमिका छ । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?