+
+

विश्वकप क्रिकेटका लागि भारतको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १५:४६

१९ भदौ, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसी आईले घरेलु मैदानमा हुने विश्वकपका लागि टिम घोषणा गरेको छ ।

भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । हार्दिक पाण्ड्या उपकप्तान छन् ।

एसिया कप खेल्ने टोलीमा श्रीलंकामा रहेका मध्ये तिलक बर्मा, प्रशिद्ध कृष्ण र सन्जु सामसन टिममा छैनन् ।

सार्दुल ठाकुर र केएल राहुलले टिममा स्थान बनाएका छन् । चोटका कारण केएल राहुल टिममा पर्नेमा शंका थियो ।

खेलाडी चयन समितिका अध्यक्ष अजीत अगरकरले श्रीलंका पुगेर प्रशिक्षक राहुल द्रबिड र कप्तान रोहित शर्मासँग बैठक गरेपछि टिम घोषणा गरिएको हो ।

५ अक्टुबरमा सुरु हुने विश्वकप क्रिकेटको फाइनल खेल १९ नोभेम्बरमा हुने छ । आयोजक भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्ने छ ।

भारतीय टिम :

रोहित शर्मा(कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसान, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?